राजनीति

सरकार दैवी प्रकोप र राहतको रकमले कार्यकर्ता पोस्दै

सरकार दैवी प्रकोप र राहतको रकमले कार्यकर्ता पोस्दै

नेपाली काग्रेसका युवा नेता एवम् नेविसघं पूर्व अध्यक्ष नैनसिहं महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी वर्तमान सरकार कार्यक्रता पोस्ने काममा लागेको बताएका छन् ।

बिपी कोइराला पब्लीक पोलीसीको आयोजनामा काठमाडौंमा आयोजीत कार्यक्रममा महरले, सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौ नेपाली जनता बाढी पहिरोले मृत्यु हुनुका साथै हजारौं घरवार बिहिन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पिडितका लागि उपयोग नभएको वर्तमान कमन्युनिस्ट सरकार जनताको पक्षमा उदासीन रहेको नेता महरले बताए ।

‘दैवीप्रकोपको लागि छुट्टाइको सरकारी पैसा केपी ओली जी आफ्ना पार्टीका नेता कार्यक्रतालाई योजनाका नाममा बाड्दैछन्, यो अत्यन्तै अमानविय र निन्दनिय कार्य हो’, उनले भने, ‘सरकारको यस्तो जनघाती कदमविरुद्ध युवाहरूको शसक्त प्रतिकार आवश्यक छ।’ उनले सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी दिए।