राजनीति

ओली र गौतमको सम्बन्ध नजिकिँदै

ओली र गौतमको सम्बन्ध नजिकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘असार २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाई बाँडेर जन्मदिन मनाइएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

 

पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्यसमेत रहेका गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका छन्। केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए। सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे छलफल गरिरहेका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

केपी शर्मा ओली वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी