खेल

धोनी सन्यासको तयारीमा, कोहलीलाई भने मनको कुरा 

धोनी सन्यासको तयारीमा, कोहलीलाई भने मनको कुरा 

भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवम भेट्रान क्रिकेटर महेन्द्र सिंह धोनीले सन्यास लिने संकेत गरेका छन् ।  आगामी महिना वेष्टइण्डिजसँग खेल्ने टिमका बारेमा छलफल चलिरहेकाबेला उनले दुई महिना आफू उपलब्ध नहुने जानकारी गराएका हुन् । 

वेष्ट इण्डिज यात्रामा जाने नजाने विषयमा देश भित्रै बिभिन्न अनुमान चलिरहेकाबेला धोनीले आफनो कुरा स्पष्ट पारेका हुन् । यो कुराले उनले कप्तान विराट कोहलीलाई पनि जानकारी गराइसकेका छन् । 

३८ वर्षीय धोनीले बीसीसीआईलाई पनि यो कुरा सूचित गराइसकेका छन् । उनी अबको दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन्।
धोनी आगामी दुई महिनाका लागि अर्धसैन्य रेजिमेन्टमा सहभागी हुनेछन् ।