स्वास्थ्य समाचार

दीर्घ जीवन कसरी पाउने ?

दीर्घ जीवन कसरी पाउने ?

हुन त मानिस नमरुन्जेल बाँच्ने हो । यद्यपि उसको आफूमाथिको नियन्त्रण, अनुशासन, खानपान र दृष्टिकोणले उसको जीवनलाई कुन आकार दिने भन्नेमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । दीर्घायुका लागि शरीरको गतिविधि, भोजनको सन्तुलन र वातावरण केही यस्ता मुख्य एजेण्डा हुन, जसलाई हाम्रा पितापुर्खाले यथेष्ट महत्व दिँदै आएका थिए । आधुनिक विज्ञानले पनि अनुसन्धान क्रममा पुराना मान्यताको तथ्य पुष्टि गरेको पाइन्छ । 
जीवनको आयु बढाउन केही प्राकृतिक नियमको सविस्तार व्याख्या गरिएको पाइन्छ । ती मध्ये सारांशमा यस्तो भनिएको छ ।

– त्यसै बसेर समय नष्ट गर्नुभन्दा पर्याप्त शारीरिक श्रम लाग्ने काममा व्यस्त रहनु । काममा व्यस्त रहनेको दुई वर्ष आयु बढ्ने दावी गरिएको छ । 
– जीवनको अधिकांश समय गाउँमा विताउनु पर्छ । शहर बस्नेको तुलनामा गाउँ बस्ने एक वर्ष आयु बढ्छ । 

– ६० वर्ष पुगेपछि मनोवैज्ञानिक हिसावले नै मानिसले बुढोपनको महशूस गर्छ । यो गलत हो । उमेरलाई मूलत अंक सम्झिएर क्रियाशील जीवन बाँचेर  हेर्नुस, तपाईं उमेरभन्दा २ वर्ष कलिलो ठहरिनु हुनेछ । 

– चिल्लो र गुलियो भन्दा साधारण अनि शाकाहारी आहारा खानु पर्छ । खाना खाँदा अघाउनुभन्दा केहीवेर अघि नै खाना छोड्नु पर्छ । 

– धूमपान, मद्यपान तथा लागू पदार्थबाट टाढा बस्नुपर्छ । लेखेर राख्नुस्– यी चीजको संगत गर्नु भएन भने तपाईं १२ वर्ष बढी बाँच्ने निश्चित छ । 

–आफ्नो पेशा, बस्ने ठाउँ र साथीको फेरबदल गरिरहनु हुँदैन् । यसो गरेमा तपाईंको स्वस्थ जीवनमा सहयोग पुग्छ । 

– हप्तामा कम्तिमा तीन पटक साइकल कुदाउने, पौडिने र नाच्ने खालका व्यायामले दीर्घ जीवनमा साँच्चै नसोचेको मद्दत गर्नेछ । 

– शान्त, मिलनसार र सन्तुष्ट व्यक्ति अरुको तुलनामा ३ वर्ष बढी बाँच्छ । 

– शारीरिक जोखिम लिन तम्सिने र अपराध बढी हुने क्षेत्रमा बस्ने मान्छे दुर्घटनामा नपरे पनि औसत आयुभन्दा २ वर्षअघि मर्छ । मोटर कुदाउँदा गतिमा होश राख्ने, सीट बेल्ट बाँध्ने र ज्यादा खतरा नमोल्ने औसतभन्दा एक वर्ष बढी बाँच्छ ।

– चिन्तित, तनाव, दबाब वा दोषी करार भएको अवस्थामा एक वर्ष बढी समयसम्म गुज्रनु परेको भए परिस्थितिको गम्भीरताअनुसार १–३ वर्ष आयु घट्न सक्छ । तसर्थ चिन्ता, तनाव र दबाबबाट अलग रहनु पर्छ । 

– जीवनलाई उत्सव सम्झिएर हँसिलो, फूर्तिलो र मनोरञ्जनयुक्त दैनिकीलाई प्रोत्साहित गर्नुपर्छ । सन्तुलित भोजन र उठबसमा नियमितता हुनुपर्छ । जस्तोसुकै समस्या आइपरे पनि हल्का ढंगले नआत्तिकन पार लगाउन सक्नुपर्छ । शारीरिक परिश्रमलाई नियमित बनाउनु पर्छ । 

यी माथिका टिप्स एकपटक लागू गरेर हेर्नुस् । अनि भन्नु हुनेछ– ‘जीवन सुन्दरै सुन्दर छ ।’ 

       

शारीरिक श्रम दीर्घ जीवन

विशेष