समाचार प्रदेश १

बस र भ्यान जुद्दा २ जनाको मृत्यु, १८ जना घाइते 

बस र भ्यान जुद्दा २ जनाको मृत्यु, १८ जना घाइते 


मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा आज बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते छन् । 


घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापा र अर्का एक जना रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।


थापाको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रुवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । 
 

विशेष