प्रदेश २ समाचार

बाढी बस्तीमा पसेपछि मुसहर समुदाय विस्थापित 

बाढी बस्तीमा पसेपछि मुसहर समुदाय विस्थापित 


सप्तरी । बाढीका कारण बस्ती डुबानमा परेपछि सप्तरीको नयाँटोल सखुबनीका मुसहरहरू विस्थापित भएका छन्। बाढी पीडित उनीहरु एक स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् । 


स्थानीय उर्मिलादेवी सदाले चामल, धान, लुगाफाटा केही निकाल्न नसकेको बताईन् । उनी र उनको परिवारले बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका थिए । 

 

सप्तरीमा मात्रै ३००० घरमा बाढी पसेको थियो । जसमा १५ सय अझै आश्रय विहीन छन् । 

 

खाना खान राहत मिलेपनि सुत्न समस्या भएको स्थानीय हीरालाल सदाले बताए । ‘ खान त जेनतेन मिलेकै छ, बस्न समस्या भयो । आफूहरुको बस्ती जलमग्न छ । घरभित्र सर्प पनि पसेको हुनसक्छ । त्यसैले फर्कन सकिन्नँ ।’ 
 

सर्लाही र सप्तरीमा बाढीले जनको क्षति नगरेपनि धनको धेरै क्षति भएको छ भने प्रदेश २ मा मात्रै बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । बाढीका कारण रौतहटमा नौजनाको बाढीका कारण मृत्यु भएको छ भने धनुषा ६ र महोत्तरीमा सातजनाको मृत्यु भएको छ । सिरहामा तीन महिलासहित जना, पर्सामा तीन र बारामा दुईजनाको मृत्यु भएको छ ।