स्वास्थ्य

औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

औषधि पसलमा ‘अवैध विक्रेता’ छ्यापछ्याप्ती

काठमाडौं । काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् ।

काठमाडौंकै कीर्तिपुरमा विगत सात वर्षदेखि सञ्चालित ‘चन्दरा औषधि पसल’ मा आकांक्षा श्रेष्ठ पनि औषधि बिक्री गर्छिन् । ‘ज्वरो, रुघालगायत सामान्य बिरामी भएकालाई औषधि दिन्छु, औषधि त चिनेको छु,’ उनी निर्धक्क भन्छिन्, ‘फार्मेसी पढेको छैन ।’ उनको यो पसल दर्तासमेत भएको छैन ।

राजधानीमा मात्र होइन, बाहिर पनि फार्मेसी नपढेका व्यक्तिले औषधि पसल सञ्चालन गरेका प्रशस्त उदाहरण छन् ।

त्यस्तै, दाङको बेलझुन्डीमा रहेको ‘महेश्वरी औषधि पसल’ मा शिक्षा संकाय पढेका महेश बस्नेत औषधि बेच्छन् । ‘श्रीमती सरकारी सेवामा कार्यरत छिन् त्यसैले म पसल धानेर बसिरहेको छु, गाउँको सेवा पनि त हो,’ उनी भन्छन् । विषयगत ज्ञान नै नभएका व्यक्ति निर्धक्कसँग औषधिजस्तो संवेदनशील समानको बिक्री वितरणमा संलग्न छन् । कानुनअनुसार यो अवैध काम हो ।

यस्तै, काठमाडौं सुकेधारामा ‘सुशान्त फार्मेसी’ छ । त्यहाँका औषधि विक्रेता केशव पौडेल छन् । उनले पनि फार्मेसी पढेका छैनन् । तालिम लिएको भरमा उनी औषधि विक्रेता बनेका हुन् ।

औषधि ऐन, २०३५ को दफा १७ मा ‘औषधि चिकित्सकको प्रेसक्रिप्सनबमोजिम बिक्री–वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफंैले बिक्री–वितरण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीबाहेक अरूले त्यस्तो औषधि बिक्री–वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनुपर्ने प्रावधान छ ।

अवैध विक्रेता