अपराध सुरक्षा

सासुसँगै बसेर मदिरा सेवन, रिस उठेपछि हत्या

सासुसँगै बसेर मदिरा सेवन, रिस उठेपछि हत्या


अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै ज्वाइँले सासूको हत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मदिरा पिएर मातिएका ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका हुन् । माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका वसन्त कुमालले सोमबार राति सासूसँगै बसेर मदिरा सेवन गरेका थिए ।

 

सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरी भान्छाकोठमा झुण्ड्याएका थिए । शितगंगा–८ सातमाराकी ४३ वर्षीया सासू ईन्द्रा कुमाललाई रिसको झोँकमा मारेर भान्साकोठामा झुन्ड्याएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 


बसन्तलाई प्रहरीले पक्राउ गरेको छ ।