जिम्मेवारी पूरा नगर्नेलाई कारबाही थाल्ने सरकारका प्रवक्ताको चेतावनी

जिम्मेवारी पूरा नगर्नेलाई कारबाही थाल्ने सरकारका प्रवक्ताको चेतावनी


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिनुभएको छ । सिंहदरवारमा मन्त्रालयको वार्षिक प्रगति र कार्ययोजना सार्वजनीकिरण कार्यक्रममा मन्त्री बाँस्कोटाले अब काम गर्ने समय आएकोले तोकिएको जिम्मेवारी समयमै पूरा गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

मन्त्री बाँस्कोटाले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनले विकासका काम नगरे कसले गर्छ भन्दै कुनै पनि बहानामा कामबाट पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अघिल्लो वर्षलाई मन्त्रालयले नीति तथा कार्यक्रमको आधार वर्षको रुपमा लिएको भन्दै नयाँ आर्थिक वर्षमा निर्धारण गरिएका योजना पूरा गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
 

संम्बधित खबर