समाचार

कांग्रेसले भन्यो : बाढी, डुबान क्षेत्रमा महामारी फैलन नदेऊ

कांग्रेसले भन्यो : बाढी, डुबान क्षेत्रमा महामारी फैलन नदेऊ


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलन सक्ने भन्दै सजग रहन सरकारलाई आग्रह गरेको छ । 


काङ्ग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्ति जारी गरी बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो ।


क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको कांग्रेसले जनाएको छ ।