खेल

आइसिसी वरियता : नेपाल १५ औँ स्थानमा यथावत् 

आइसिसी वरियता : नेपाल १५ औँ स्थानमा यथावत् 


काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा यसअघिको १५ औँ स्थानमा यथावत् छ । सोमबार सार्वजनिक भएको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको हो ।

 

शीर्ष स्थानको भारत यसपटक दोस्रोमा पुगेको छ भने विश्व विजेता ईग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएकाे छ । तेस्रो स्थानमा न्युजिल्याण्ड, चौथो स्थानमा अष्ट्रेलिया छ । दक्षिण अफ्रिाका पाँचौ स्थानमा छ । 
टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।