मुख्य समाचार

कुलेखानीमा पानी भरियो, केही बेरमा खुल्दैछ, तल्लो तटीय क्षेत्रमा खतरा

कुलेखानीमा पानी भरियो, केही बेरमा खुल्दैछ, तल्लो तटीय क्षेत्रमा खतरा

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाका लागि भण्डारण गरिएको पानी (इन्द्र सरोबर)मा पानी भरिएको छ । नेपाल प्रहरीका अनुसार इन्द्र सरोबरमा पानीको सहत २५.४/३० पुगेको छ । यो भनेको सरोबर भरिएको स्थिति हो । 

 

प्रहरीका अनुसार केही घण्टापछि पानी खोल्न शुरु गरिनेछ । सरोबरदेखि तल्लो तटमा पर्ने बस्ती, नदी किनारमा पानीको सतह बढेर धनजनको क्षति हुन सक्ने भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।