नेपाल आज विशेष कला साहित्य

छोरासंग भानुभक्तको आक्रोश– ‘पह्रिनस भन्या तेरो ज्यान सावुद राषन्या छैन’ 

छोरासंग भानुभक्तको आक्रोश– ‘पह्रिनस भन्या तेरो ज्यान सावुद राषन्या छैन’ 

भानुभक्त आफूू काठमाडौंमा बस्थे । तनहूँको चुँदी रम्घामा बस्ने छोरालाई उनले पत्र लेखेका छन् । पत्रको व्यहोराले भन्छ– उनी छोराको पढाईप्रति अत्यन्त चिन्तित छन् । भानु जयन्तीको अवसर पारेर तिनै भानुभक्तले छोरालाई लेखेको पत्र जस्ताको तस्तै प्रस्तुत गरेका छौं । 

स्वस्तिश्री चिरंजीवी श्री नानी रमानाथ शर्माणि श्री भानुभक्त शर्मणस् शुभाशीवादा सन्तु । उप्रान्त पददैनस् भन्दा सुन्दछु । मेरा कंढापरि जति उमंलंछस् याहाँबाट म क्या गरु । म ताहाँ आयापछि तैंले नपढ्याको ठहराञा भन्या, वावै, तेरो ज्यानको आसा नराखि लात मान्र्या छु । कि तैले मर्नु पर्ला, कि मरि, सुख पाउँन्याछस्, कि पह्रि सुख पाउन्या छन । कि तैले मर्नु कि पन्र्हु। तेरी आमाले पनि यो चिठि हेरि, साझा९बेहान तलाई लात मारी घोकन लाओस्। आज तेरि आमाका चेत आयेनन् र तलाई षेलन दियी भन्या मैले लात मारि मर्नान्त र्पायाको तमासा हेर्लि । हेर वावै१ पह्रिनस् भन्या तेरो जिउ खज गराई छोडुला । रति जति तेरा माया मान्या छैन । सो जानी तेरि आमाले तलाइ अदपमा राषि घोकाउनु, तैंले घोकनु । आजसंम कति पह्रिस्, रु ञाहाँसंम पाठ र्पुयाको छु भनि लेषि पठा । अघि पह्रयाका पनि बिर्सिस् कि आँउछ रु तेरा हातले लेषि पठा । नही भन्या तेरो ज्यान सावुद राषन्या छैन ।

धेरै क्या लेषु, किमधिकं ?
मिति मार्ग शुदि १ रोज ३ मुकाम महाबौद्ध टोल शुभम् ।

ताहाँ पढदैन भन्या मानिस साथलाई मंसिर भित्रै ञाहाँ पठाइदे । म आउँदा संगै लि आउँला । ञाहिं पढाउउँछु । ताहिं पढछ भन्या बढिया हो ।
 

भानुभक्त