विचार

बलात्कार र बलात्कारी

करिष्मा ढकाल

बलात्कार र बलात्कारी

ओए समाचार लगा, समाचार लगाइन्छ । पत्रिका ले,ले पत्रिका पढिन्छ । फेसबुकको न्यूज फिड सार,न्यूज फिड सारिन्छ । ट्विटरको टाइमलाइन दौडा, टाइमलाइन सारिन्छ । युट्युव हेरुम हेरुम, अनि युट्युव हेरिन्छ । अँ तपाईं म हामी सबैले यसै त गरिन्छ नि होइन ? तर दैनिक नछुट्ने एउटा समाचार, एउटा हेडलाइन, एउटा ट्विट, एउटा स्ट्याटस “बलात्कार”।

बलात्कारका सिकार भइराखेका आमा,भाउजु,दिदी,बहिनी अनि हजुरआमा मजस्तै मेरा साथीहरु । बलात्कारले देशमा यस्तो भयावह स्थिति सिर्जना गरिदियो कि महिलाहरु मिल्ने भए फलामको लुगा सिलाएर लगाउथे । मिल्ने भए शरीरमा काँडा रोपेर हिड्थे । मिल्ने भएँ आँखामा अग्नी सल्काएर हिड्थे । मिल्ने भए सबै पुरुषलाई नारी बनाएर सबै नारीलाई पुरुष बनाएर हिड्थे ।

बलात्कार एउटा भुल कि अपराध ? यहाँ बलात्कारलाई भुल भनिन्छ ,बलात्कारीलाई निर्दोष,अधम । सहन सकिन्छ अझैं यस्ता तर्कहरु ? सहन सकिन्छ अझैं यस्ता अपराधहरु? सहन सकिन्छ अझैं यस्ता अन्यायहरु ? तपाईंलाई के लाग्छ ? तपाईंको आफन्तको बलात्कार हुन सक्दैन ? तपाईंलाई के लाग्छ, ती बलात्कृतहरुको कोही आफन्त नै छैनन् ? तपाईंलाई के लाग्छ, आज यसरी लेखिरहेकी मेरो सुरक्षाको ग्यारेन्टी छ ?अँह छैन,एक रत्ति पनि छैन ।

 म धर्मराउँछु हरेक दिन पाइला चाल्न,डराउँछु हरेक दिन एक्लै हिड्न, काँप्छु कोही अपरिचित पुरुष मेरो समिपमा आएर उभिएको पल । त्यसो त म कसरी नडराउँ जब कि यहाँ विश्वाश गर्नै पर्नेहरुले विश्वाशघात गर्छन्, विश्वाशको फाइदा उठाउँछन्, सोझोपनलाई कमजोरी साबित गरिदिन्छन् । 
सुरक्षा दिने सुरक्षाकर्मीवाट बलात्कृत, पढाउने शिक्षकबाट बलात्कृत, आफ्नै दाजुभाइबाट बलात्कृत, हुर्काउने बाबुबाट बलात्कृत, गर्भावस्थादेखि प्रसवको पिडा भोग्दै जन्माएको छोरोबाट बलात्कृत, तेते बाबु तेते भन्दै, को खाई को खाइ भन्दै स्याहारेको नातीबाट बलात्कृत ? आखिर कहिलेसम्म ?
सरकारको एउटा पाटो कार्यक्रममा सहभागी हुन्छ, भाषण छाँट्छ, महिला अधिकार र महिला हिंसाको कुरा गर्छ , निर्मूल पार्ने कसम खान्छ ।

कार्यक्रम सकिन्छ, उसको भाषण सकिन्छ, बोली सकिन्छ, बचन सकिन्छ अनि परिआए आफैं आफ्नो यौन सन्तुष्टि पुरा गर्न झम्टिन्छ, कर्मचारी, एकल नारी अनि अबोध बालिका माथि। तड्पाई तड्पाई लुट्छ उनको अस्मिता जसरी बिरालोले मुसालाई खेलाई खेलाई मार्छ, बाघले हरिणलाई लछारपछार पारेर चोक्टा लुस्छ।

एउटा बलात्कार भएको बर्षौं हुँदा पनि हाम्रो सरकारले , हाम्रो प्रहरी प्रशासनले बलात्कारीको टुङ्गो लगाउन सक्दैन। सरकारको त के कुरा गराई भयो र ? सडकमा बुङ बुङ उड्ने धुलो त नदेख्ने, बाटोको बिचमा थुप्राइएको फोहोरको थुप्रो नदेख्ने सरकारले बलात्कारी कसरी देख्छ? उसैपनि बलात्कारी त लुकेरै बसेका हुन्छन् सबको नजरबाट।

पुलिस प्रशासनले गृहलाई दोष दिन्छ, गृहले पुलिस प्रशासनलाई आदेश दिइसकेको भन्दै आँखामा छारो हाल्छ। पुलिसलाई के छ? हाउ टु अर्न भन्ने सिद्धान्त जो फलो गरेका छन्। गाउँघरमा कसैले कसैलाई बलात्कार गर्यो, हप्कायो पिडित पक्षलाई , पिडकलाई आँखा सन्कायो, बिटो खल्तीमा हाल्यो, दुबैपक्षलाई ल्याप्चे हान्न लगायो,दाँया बाँया भन्दै। कतिञ्जेल गाउँघरमा बलात्कार जस्ता जघन्य अपराधहरुलाई मिलेमतो र करार गराईन्छ? कतिञ्जेल सोझा गाउँले आँखामा छारो हालिन्छ? कतिञ्जेल पिल्ल रोइहाल्ने पिडीत देखेर , पाखुरा सुर्किने पिडक देखेर आपराधिक घटनालाई बढावा दिइन्छ? कतिञ्जेल बलात्कार र बलात्कारीलाई ढाकछोप गरिन्छ।

एउटा बलात्कार भएको बर्षौं हुँदा पनि हाम्रो सरकारले , हाम्रो प्रहरी प्रशासनले बलात्कारीको टुङ्गो लगाउन सक्दैन। सरकारको त के कुरा गराई भयो र ? सडकमा बुङ बुङ उड्ने धुलो त नदेख्ने, बाटोको बिचमा थुप्राइएको फोहोरको थुप्रो नदेख्ने सरकारले बलात्कारी कसरी देख्छ? उसैपनि बलात्कारी त लुकेरै बसेका हुन्छन् सबको नजरबाट।

बलात्कारीलाई सजाय के हुन सक्छ ? बलात्कारीलाई कसरी बलात्कार अपराध हो भनेर कारबाही गर्न सकिन्छ ? कसरी बलात्कृतलाई आफूलाई कमजोर नठान्न प्रेरित गराउन सकिन्छ ? बलात्कृत हुनुमा आफूलाई दोषी ठानेर आत्महत्या गर्ने आमा दिदीबहिनीहरुलाई कसरी मृत्युको सिकार नबन्न पहल गर्न सकिन्छ ?

आफ्नो यौन सन्तुष्टिको लागि अवोध बालिका देखि अशक्त बृद्धा समेतलाई बाँकी नराख्ने नरपिचासहरुको कानले ती कुरा सुन्छन् ? लिङ्ग छेदन अनि फाँसीको सजाय दिने कुरा पनि चर्चामा नआएको होइन तर कस्लाई दिने ? वर्षौंदेखि सयौं बलात्कार गर्दै ठाडै शिर मै हुम् भन्दै हिड्नेलाई ?

नेपालमा बलात्कार र बलात्कारीप्रतिको कानुन कमजोर छ । बलात्कार गर्नु अपराध हो भनेर खुलाईएको छ तर बलात्कारीलाई कसरी के कारबाही हुने भनेर खुलाईएको छैन । जेल चलान भनेर त लेखिएको छ तर तपाईंलाई के लाग्छ? जेल चलान हुँदैमा गरिदैंमा उसको त्यो गिद्धे नजर बदलिन्छ? उसको त्यो मानसिकता परिवर्तन हुन्छ ? युवाहरुले बलात्कार विरुद्ध चर्को आवाज उठाउँदै आएका छन् । ‘हस्तमैथुन गर तर बलात्कार नगर’, ‘सेक्स टोएको प्रयोग गर तर बलात्कार नगर’ आदी इत्यादी तवरले आवाज उठाएका छन् तर के ती बलात्कारीको कानले यि कुराहरु सुनेका छन् ?

आफ्नो यौन सन्तुष्टिको लागि अवोध बालिका देखि अशक्त बृद्धा समेतलाई बाँकी नराख्ने नरपिचासहरुको कानले ती कुरा सुन्छन् ? लिङ्ग छेदन अनि फाँसीको सजाय दिने कुरा पनि चर्चामा नआएको होइन तर कस्लाई दिने ? वर्षौंदेखि सयौं बलात्कार गर्दै ठाडै शिर मै हुम् भन्दै हिड्नेलाई ?

तपाईंको नजरले उस्लाई बलात्कारी देखेर हुँदैन , तपाईंलाई के थाहा छ? तपाईंसँग प्रमाण छ? सारा प्रमाणहरु त लुकाएका छन्, लुकाइएका छन् अनि कसरी कारबाही गर्न सकिन्छ ? भाँटा हान्ने? ढुङ्गामुढा हान्ने, कालोमोसो दल्ने तर कस्लाई? चारतिर सुरक्षाकर्मीले घेरिएर सानसँग हाकिम कहलिएको देखाउने त्यो बलात्कारीलाई ?

जबसम्म प्रमाण लुकाउने , आदेश दिएझैं गरी छोड्दे छोड्दे भन्दै अपराध लुकाउने दौडधुप चल्छ तबसम्म न त बलात्कारीलाई कारबाही हुन्छ न त बलात्कारको अन्त्य । थाहा छैन अझैं कति निर्मलाहरुले लुटिनुपर्ने हो । लाउलाउ खाउखाउको उमेरमा बलात्कृत भई आफ्नो ज्यान गुमाएका निर्मला जस्ता सयौं बालिकाहरुले सराप्छन्, साहरा चाहिने बेलामा बलात्कृत भएकी हजुरआमाको आँशुले पिरोल्छ। म कलम समाएर बस्छु, एकदुई लाइनहरु कोर्छु अनि आफ्नै सुरक्षाको पिर लाग्छ, आँशु बगाउँछु। बलात्कारका घटनाले गर्दा महिला दिदीबहिनीहरुको नजरमा सिंगो पुरुष नै गलत भइसकेको छ तर सिंगो पुरुष कसरी गलत हुन सक्छन् र हामीलाई सहयोग गर्ने पनि त पुरुष नै हुन्। हत्या हिंसा बलात्कारबाट जोगाउने पनि पुरुष नै हुन् ।

मैले पत्रिकामा पढेनुसार एकजनाले आफ्नै बाबुलाई आमाको बलात्कारी भनेर पर्चा झुण्ड्याएर उफ्रदै हुनुहुन्थ्यो, बा कसरी आमाको बलात्कारी हुन सक्नुहुन्छ? बा ले त हरदिन आमालाई पराईको गिद्वेनजरबाट पनि जोगाउनु भएको छ । आमालाई बाको नोकरानी भनेर फलाक्नुहुँदै थियो एक जना अधिकारवादीले। आफू खुशी गरेको काममा पनि नोकरानी भनेर ट्याग भिराउनु उचित लाग्दैन। शान्तिको बिगुल फुकेर लुकिछिपी बन्दुक पड्काउने हरुको शिरमा बन्दुक नपड्काएसम्म नेपालमा कुनैपनि हिंसाहरुको अन्त्य हुँदैन। छाला काटेर नुनचुक दल्नेजस्ता व्यवहार भएका अपराधीहरुलाई फूल अबिर र माला पहिराईन्छ अनि हिंसा त बढ्ने नै भो शिर उचो हुने नै भयो ।

बलात्कार अन्त्यका लागि पुरुषहरुमा तिमी पशु होइनौ मानव हौ भन्ने कुरा ज्ञात गराउन सक्नुपर्छ । पशुजस्तो ब्यवहार गर्ने भनेर पशु भन्दा पशुकै बदनाम हुन्छ कि जस्तो लाग्छ । हिजोआज सामाजिक सञ्जालहरुको दुरुपयोग भएसँगै पनि यस्ता घटनाहरु घटिराखेका छन्। सन्जालमा कडाइ गर्नुपर्ने पनि देखिन्छ। कसैको मानसिकतामा नकरात्मक कुरा नआउनको लागि उ व्यस्त हुनुपर्छ।

जब उ व्यस्त हुन्छ तब उसको ध्यान काममा मात्र हुन्छ , उसले नकरात्मक कुरा सोच्नै भ्याउँदैन अनि अपराध त घट्ने नै भयो। बलात्कार हुनुका प्रमुख समस्याहरु बेरोजगार,अशिक्षा,जनचेतनाको अभाव, सञ्जालको दुरुपयोग, विदेशीहरुको सिको आदी। यि र यस्ता समस्याहरुको अन्त्य हुन सकेमा मात्र बलात्कारलाई जरैदेखि उखालेर फाल्न सकिन्छ। आउनुस् पहल गरौं, यस्ता कुराहरु गर्न । हटाउँ अपराध अनि अपराधीहरुलाई देशबाट। घच्घच्याउ सरकारको ढोका,खोलौ आँखाको पट्टी ।
 

बलात्कारी