समाचार

प्रधानमन्त्री ओली मुख्यसचिव लोकदर्शन रेग्मीसँग रुष्ट

प्रधानमन्त्री ओली मुख्यसचिव लोकदर्शन रेग्मीसँग रुष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन्। पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारको भन्दै सार्वजनिक रुपमा माफी मागेको प्रधानमन्त्री ओलीले सचिवलागायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई दिर्नेशन दिएका छन्। पछिल्लो समय मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।