सडकमै डुब्यो महामन्त्री कोइरालाको गाडी

सडकमै डुब्यो महामन्त्री कोइरालाको गाडी

अविरल वर्षापछि आएको बाढीले काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको गाडी डुबाएको छ । त्रिपुरेश्वर, टेकू हुँदै बागमती करिडोरबाट पार्टी कार्यालय सानेपा जाने क्रममा उनको गाडी भेलको चपेटामा परेको हो । 
सडक पसेको बाढीले कोइरालाको गाडी आधाभन्दा बढी भाग डुबेको थियो । गाडीमा पानी पसेपछि कोइराला गाडीबाहिर निस्किएका थिए । केही समयपछि पिकअप भ्यानको सहयोगमा कोइरालाको गाडी निकालिएको थियो । 

डा. शशांक कोइराला

संम्बधित खबर