समाचार

पहिरोले भोजपुरमा २ को ज्यान गयो 

पहिरोले भोजपुरमा २ को ज्यान गयो 

भोजपुरमा  लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर र घर भत्कँदा रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकामामा २ जनाको ज्यान गएको छ । 

रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घरको चुली गा¥हो भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्र्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । 

दुवै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै पानी परिरहेकाले भोजपुरमा हवाई तथा सडक यातायात ठप्प भएको छ । भोजपुर लेगुवा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । ग्रामीण सडकहरुमा पनि गाडी कुदेका छैनन् । वर्षातले जमिन चर्किन, भासिन थाल्नुका साथै खोला नदी बढेकाले विपदको उच्च जोखिम बढेको छ । 

पहिरोमा पुरिएर