मुख्य समाचार

अविरल वर्षाका कारण काभ्रेमा घर भत्किँदा हजुरआमा र नातिनीकोे मृत्यु 

अविरल वर्षाका कारण काभ्रेमा घर भत्किँदा हजुरआमा र नातिनीकोे मृत्यु 

काठमाडौं । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा–नातिनी हुन् । घटनामा परिवारका अरु २ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए । घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन् । 

 

उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो ।