विदेश विचित्र विश्व

तालमा डान्स गर्दै टिकटक बनाउन खोज्दा डुबेर युवकको मृत्यु 

तालमा डान्स गर्दै टिकटक बनाउन खोज्दा डुबेर युवकको मृत्यु 

एजेन्सी । भारतको हैदरावादमा टिकटकका लागि भिडियो बनाउने क्रममा एक २२ वर्षका युवकको मृत्यु भएको छ । 

 

यो घटना गएको मंगलबार भए पनि प्रहरीको जानकारीमा बिहीबार मात्रै आएको भारतीय मिडियाहरुले जनाएका छन् । टिकटकका लागि बनाएको भिडियो प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

तेलंगना राज्यको संगारेडी जिल्लाका प्रहरीका अनुसार नरसिंह नामका ती युवक र उनका भाइ पर्ने प्रशान्त मिलेर टुमर तालमा टिकटकका लागि भिडियो बनाउने क्रममा यस्तो घटना भएको थियो । प्रशान्तका अनुसार तालमा हिँड्ने र नाच्दै गरेको भिडियो खिच्ने क्रममा नरसिंहको मृत्यु भएको हो । नरसिंह डुब्दै गरेको दृश्य तालको वरिपरि रहेका धेरैले देखिरहेका थिए । केहीले उनलाई बचाउने प्रयत्न पनि गरे, तर सफल भएनन् ।