खेल

कप्तान फिञ्च शून्य र वार्नर ९ रनमा आउट 

कप्तान फिञ्च शून्य र वार्नर ९ रनमा आउट 

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र आयोजक इङल्याण्डबीच खेल भैरहेको छ । इङल्याण्डको बीरमिनघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । 


अष्ट्रेलियाले ब्याटिङ गर्न गरेको निर्णयलाई गलत सावित गर्दै इङल्याण्डले पूर्णतः दबाब सृजना गर्न सफल भएको छ । अष्ट्रेलियाका कप्तान फिञ्चलाई शून्य र विष्फोटक ब्याट्सम्यान वार्नरलाई ९ रनमा आउट गर्न इङल्याण्ड सफल भएको छ । 


एक बल मात्र सामना गरेका फिञ्च आर्चरको एलबिडल्यूको धरापमा परे । वार्नरलाई भने वकासले बेरस्टको सहयोगमा आउट गरे । 

आजको विजेताले आइतबार उपाधिका लागि न्युजिल्याण्डको सामना गर्नेछ । न्युजिल्याण्ड भारतलाई १८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।