खेल

अष्ट्रेलियालाई दोस्रो ओभरमै धक्का, कप्तान फिञ्च शून्यमा आउट, इङल्याण्ड उत्साहीत

अष्ट्रेलियालाई दोस्रो ओभरमै धक्का, कप्तान फिञ्च शून्यमा आउट, इङल्याण्ड उत्साहीत

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र आयोजक इङल्याण्डबीच खेल भैरहेको छ । इङल्याण्डको बीरमिनघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । 


अष्ट्रेलियाले ब्याटिङ गर्न गरेको निर्णयलाई गलत सावित गर्दै इङल्याण्डले पहिलो धक्का दिएको छ । अष्ट्रेलियाका कप्तान फिञ्चलाई शून्यमा आउट गरेर इङल्याण्डले बलियो सुरुवात गरेको छ । एक बल मात्र सामना गरेका फिञ्च आर्चरको एलबिडल्यूको धरापमा परे । 


आजको विजेताले आइतबार उपाधिका लागि न्युजिल्याण्डको सामना गर्नेछ । न्युजिल्याण्ड भारतलाई १८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।