खेल

श्रीलंकाद्वारा वेष्टइण्डिजसामु ३३९ रनको लक्ष्य प्रस्तुत, फरनाण्डोको शतक 

श्रीलंकाद्वारा वेष्टइण्डिजसामु ३३९ रनको लक्ष्य प्रस्तुत, फरनाण्डोको शतक 

विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्टइण्डिजसामु ३ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । इङल्याण्डमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको हो । 


श्रीलंकाका लागि फनाण्डोले १०३ बलमा नौ चौका र दुई छक्काको मद्दतले १०४ रन बनाए । परेराले ६४, कप्तान करुणारत्नेले ३२, थिरमानेले ४५ तथा मेण्डिसले ३९ रन बनाए । 


वेष्टइण्डिजका लागि होल्डरले २ तथा कोटरेल, थोमस र एलेनले समान एक–एक विकेट लिए ।