विदेश

काबुलको रक्षामन्त्रालयनजिक बम विष्फोट, ३४ जनाको मृत्यु

काबुलको रक्षामन्त्रालयनजिक बम विष्फोट, ३४ जनाको मृत्यु

 काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित रक्षा मन्त्रालय नजिक शक्तिशाली ट्रक बम विष्फोट हुँदा ३४ जना मारिएका छन् ।    

 

घटनामा ५१ बालबालिकासहित सय बढी घाइते भएका छन् । ट्रक बम विष्फोट गराएर आतंकवादीले मन्त्रालय परिसरमा छिर्ने प्रयास गरेका थिए । आक्रमणको जिम्मा तालिवान लडाकुले लिएको छ ।