अपराध सुरक्षा

अस्पतालबाट १३ दिने शिशु चोर्ने पक्राउ 

अस्पतालबाट १३ दिने शिशु चोर्ने पक्राउ 

अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुई  महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बूलाई पक्रिएको हो ।

प्रतिष्ठानबाट १३ दिने शिशु हराएपछि प्रहरीले चारैतिर खोजी अभियान चलाएको थियो । प्रहरीले अपहरणमा परेका नवजात शिशुको तीन घन्टामै उद्धार गरेको हो ।

भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोरालाई धरान १५ माइती भई भारतको नयाँदिल्ली बस्ने २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू विकले अपहरण गरेको प्रहरीले बताएको छ । उनीहरुलाई हराएको बच्चा सहित पक्राउ गरिएको हो ।

अपहरित नवजात शिशुलाई उनीहरु भारत लैजाने तयारी गरेका थिए । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको बयान दिएकी छन् । उनीहरुले शंकाबाट जोगिन विरामी कुरुवाको नाटक गरेका थिए । 
अस्पतालमा आमा बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले नवजात शिशुको अपहरण गरेका थिए । 

दुई  महिला