खेल

वेष्टइण्डिजविरुद्ध श्रीलंकाको विष्फोटक सुरुवात

वेष्टइण्डिजविरुद्ध श्रीलंकाको विष्फोटक सुरुवात

विश्वकप क्रिकेट अन्तर्गत वेष्टइण्डिजविरुद्धको खेलमा श्रीलंकाले विष्फोटक सुरुवात गरेको छ । इङल्याण्डमा जारी खेलमा वेष्टइण्डिजले टस जितेर फिल्डिङको निर्णय गरेपछि श्रीलंका ब्याटिङमा ओर्लिएको थियो । 


ओपनिङ ब्याट्सम्यानका रुपमा आएका कुशल परेराले विष्फोटक ब्याटिङ गरेपछि श्रीलंकाले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्यो ।  १५ ओभरमा ९३ रन बनाउनेक्रममा परेराले एक्लैले ५८ रन बनाए । उनले ८ चौका प्रहार गरे । अर्का ओपनर करुणारत्ने ३२ रनमा आउट भए ।