खेल

न्युजिल्याण्डले दियो भारतलाई २४० रनको लक्ष्य, वर्षाको चिन्ता उस्तै

न्युजिल्याण्डले दियो भारतलाई २४० रनको लक्ष्य, वर्षाको चिन्ता उस्तै

वर्षाले अवरुद्ध भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज भैरहेको छ । ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा हिजो खेल रोकिएको थियो । 


आज दोस्रो दिन न्युजिल्याण्डले ब्याटिङ गर्दै ५० ओभरमा २३९ रन बनायो । यो क्रममा उसले ३ विकेट गुमाउन पर्यो । ६७ रनमा नटआउट रहेका टेलरले आज ७ रन जोडेपछि रनआउट हुन पुगे । न्युजिल्याण्डका लागि उनले बनाएको स्कोर नै सबैभन्दा उच्च हो । 


भारतका भुवनेश्वर कुमारले आज थप २ विकेट लिए । समग्रमा भुवनेश्वरले ३ तथा बुमराह, पाण्डे, जडेजा र चहलले एक–एक विकेट लिए । 
अहिले भारत जवाफी ब्याटिङ गरिरहेको छ । 
 

ADVERTISEMENT