खेल

 भारतको फाइनलमा पुग्ने सम्भावना क्षीण बन्दै, ७१ रनमै ५ विकेट पतन

 भारतको फाइनलमा पुग्ने सम्भावना क्षीण बन्दै, ७१ रनमै ५ विकेट पतन

न्युजिल्याण्डले दिएको सहज २४० रनको लक्ष्य पनि भारतका लागि असम्भव जस्तै भएको छ । इङल्याण्डको म्यानचेष्टरमा जारी खेलमा २४० रनको लक्ष्य पछ्याएको भारतको पारी गम्भीर संकटमा परेको छ । 


कप्तान विराट कोहली, रोहित शर्मा र राहुल एक–एक रन बनाउँदै आउट भएपछि संकटमा परेको भारतीय इनिङ सम्हालिन सकेको छैन । दिनेश कात्तिक ६ रनमा आउट भएका छन् भने विष्फोटक ब्याटसम्यान रिसव पन्त पनि ३२ रनमा आउट भएका छन् । 


भारतले २४० रन बनाउन नसके उसको विश्वकप जित्ने सपना चकनाचुर हुनेछ ।