अपराध सुरक्षा

जन्मभूमिमा मारिए ओखलढुंगा ईन्चार्ज

जन्मभूमिमा मारिए ओखलढुंगा ईन्चार्ज

प्रहरी कारवाहीमा मारिएका विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाका जिल्ला ईन्चार्ज नीरकुमार राई भोजपुरकै स्थायी बासिन्दा भएको खुलेको छ । उनी षडानन्द नगरपालिका अन्तर्गत बोया गाउँका बासिन्दा हुन् । 

ओखलढुंगा–भोजपुर आउजाउ गरिरहने राई केही समयदेखि भोजपुरमै थिए । जिल्लामा चन्दा आतंक मच्चाएको भन्दै स्थानीय प्रशासनमा उनी विरुद्ध उजुरी परेको थियो । 

१० वर्षे सशस्त्र द्वन्द्वका बेला नीरकुमारकी बहिनी जीवन्त राई राज्यपक्षबाट मारिएकी थिइन । नीरकुमार पनि त्यसैबेला युद्धमा लागेका थिए । उनी माओवादीको भाइस कमान्डरसमेत भए । २०६३ मंसिर ५ गते सरकार र तात्कालिन माओवादीबीच शान्ति सम्झौतापछि बनेको एकीकृत नेकपा माओवादीमा उनी किराँत राज्य समिति सदस्यसमेत थिए ।

पछि असन्तुष्ट हुँदै वैद्य समूह फुटेपछि उनी पनि त्यतै लागेका थिए । वैद्यसँग असहमति जनाउँदै विप्लवले छुट्टै पार्टी खोलेपछि नीरकुमार फेरि विप्लव माओवादीमा लागेका थिए । त्यसपछि उनी विप्लव समूहको ओखलढुंगा सचिव हुँदै अहिले ईन्चार्जको रुपमा काम गरिरहेका थिए । 

त्यसैगरी खोटाङ पुख्र्यौली घर भएका सन्जिव राई एक दशकदेखि नेपाल प्रहरीमा कार्यरत थिए । उनका दुई सन्तान र पत्नी विराटनगर बस्छन् । उनले संघीय सांसद सुदन राईको सुरक्षा गार्ड भएर निक्कै समय काम गरेका थिए ।  
 

ओखलढुंगाका जिल्ला ईन्चार्ज