खेल

भारतलाई ठूलो झट्का, रोहित शर्मा, कोहली र राहुल पनि आउट

भारतलाई ठूलो झट्का, रोहित शर्मा, कोहली र राहुल पनि आउट

विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि भारतलाई प्रारम्भमै ठूलो झट्का लागेका छ । निकै राम्रो लयमा रहेका आफना मुख्य ब्याटसम्यान रोहित शर्मा १ रनमा, कप्तान बिराट कोहली पनि १ रनमा र राहुल पनि एक रन बनाएर आउट भएका छन् । 


तीनै जना प्रमुख ब्याटसम्यान आउट भएपछि भारत दबाबमा परेको छ । 


शर्मालाई न्युजिल्याण्डका बलर हेनरीले आउट गरेका हुन । हेनरीको बल खेल्नेक्रममा शर्मा लथामबाट समातिएका थिए । यस्तै, कप्तान कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडब्ल्यूको धरापमा पारेका हुन । 


राहुललाई पनि हेनरीले आउट गरे । भारतलाई २४० रन बनाउनुपर्ने चुनौती छ ।