समाचार देश प्रदेश ५

बेपत्ता मान्छे नभेटिएपछि ७० वर्षपछि काजकिरिया

बेपत्ता मान्छे नभेटिएपछि ७० वर्षपछि काजकिरिया


दाङ । मान्छे हराएको ७० वर्षपछि दाङमा काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको हो ।


बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उहाँले बताउनुभयो । “बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ”, उहाँले भन्नुभयो, “बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।”

 

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उहाँले बताउनुभयो । बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

 

पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको उहाँले बताउनुभयो । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।