मुख्य समाचार प्रदेश ७

हावाहुरीबाट कैलालीमा दुईको मृत्यु, ७६ जना घाइते

हावाहुरीबाट कैलालीमा दुईको मृत्यु, ७६ जना घाइते

कैलाली । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ । गोदावरी नगरपालिकामा एक र टीकापुर नगरपालिकामा एक  गरी दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।  


ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका–२ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

हावाहुरीका कारण अहिलेसम्म ७६ जना घाइते भएका छन् । गम्भीर रहेका ४ जनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए । क्षतिको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ । हावाहुरीका कारण यहाँको विद्युत अवरुद्ध भएको छ ।

हावाहुरी कैलाली
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।