समाचार प्रदेश ३

सार्क युवा सम्मेलन हुने 


काठमाडौँ । तीन नम्वर प्रदेश अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सार्क युवा सम्मेलनको आयोजना हुने भएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे जेठ २२ र २३ गते काठमाडौंमा हुने सार्क युवा सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

सिर्जनशील तथा प्रतिभाशाली युवा वैज्ञानिकहरुलाई थप प्रोत्साहनको वातावरण सिर्जना गर्न वैज्ञानिकहरुले गरेको खोज, अध्ययन र अनुसन्धानलाई अन्तराष्ट्रिय स्तरमा समेत पहिचान हुने अवसर दिलाउन युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभयो ।

सम्मेलनमा  बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन, फिनल्याण्ड र नेपाल सहित १० देशको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । मन्त्री नेपालले युवा सम्मेलन नेपालको बिकासमा कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । 


प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ३ को आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रिय विभागको सम्वन्यमा उक्त सम्म्मेलन हुन लागेको सम्मेलनमा १६ जना अन्तराष्ट्रिय युवा वैज्ञानिकहरु र नेपालबाट ३५ जना युवा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजबले बताएको छ । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।