खेल

 इङल्याण्डद्वारा भारतसामु ३३८ रनको लक्ष्य प्रस्तुत, बेरस्टोको शतक, सामीलाई ५ विकेट

 इङल्याण्डद्वारा भारतसामु ३३८ रनको लक्ष्य प्रस्तुत, बेरस्टोको शतक, सामीलाई ५ विकेट

इङल्याण्डले विश्वकप क्रिकेटमा भारतसामु ३ सय ३८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इङल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३७ रन बनाएको हो । 


निकै आक्रामक सुरुवात गरेको इङल्याण्डका लागि सुरुवाती ब्याट्सम्यान जेएम वेरस्टोले १११ रन बनाए । उनले १०९ बलको सामना गर्दै १० चौका र ६ छक्का प्रहार गरे । यस्तै, स्टोक्सले ७९ र रोयले ६६ रन बनाए । 


भारतका लागि मोहम्मद सामीले सर्वाधिक ५ विकेट लिए । बुमराह र कुलदिप यादवले समान एक–एक विकेट लिए ।  सेमिफाइनलमा स्थान बनाउन इङल्याण्डलाई जित्नैपर्ने दवाव छ । भारतले जिते पाकिस्तानलाई सेमिफाइनलमा पुग्न सहज हुनेछ ।