समाचार अर्थ

बाउसे बाबुराम !

बाउसे बाबुराम !

पूर्व प्रधानमन्त्री एवम समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटारमा रोपाईं गरेका छन् ।  असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आफनै गृहजिल्लामा आयोजित रोपाईं कार्यक्रममा उनले हलो जोत्नुकासाथै रोपाईं गरेका हुन् । 


पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा गरिएको रोपाईं कार्यक्रममा नेता भट्टराईले उत्साहपूर्वक केहीबेर हलो जोत्दै धान समेत रोपेका थिए । रोपाईं कार्यक्रममा स्थानीयवासीको पनि उल्लेख सहभागिता थियो । 


भट्टराईले आफू सहभागी रोपाईं कार्यक्रमका फोटो सामाजिक संजाल ट्वीटरमा पोष्ट गरेका छन् । 
 

ADVERTISEMENT