मनोरञ्जन समाज

आइफा अवार्ड गर्न एक करोड दिने कुरा अर्थमन्त्रीलाई नै थाहा छैन

आइफा अवार्ड गर्न एक करोड दिने कुरा अर्थमन्त्रीलाई नै थाहा छैन

काठमाडौं । निजी क्षेत्रको भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड आइफा समारोह काठमाडौंमा नेपाल सरकारले प्रायोजन गर्ने र यसका लागि तत्काल ४४ करोड रुपैयाँ दिनेबारे अर्थमन्त्रालय बेखबर रहेको मन्त्री डा. युवराज खतिवडाले बताएका छन् । 

 

‘मैले पनि आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिन लागेको भन्ने पढेर थाहा पाएँ । ’अर्थमन्त्रीले भने, ‘पैसा दिनेबारेको प्रस्ताव अर्थ मन्त्रालयमा आएको छैन । नेपाल पर्यटन बोर्ड वा महानगरपालिकाले पैसा दिएको भए त्यो सरकारको कुरा होइन ।’

 

काठमाडौमा शनिबार आयोजिन परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय सम्वाद’ विषयक कार्यक्रममा सहभागी खटिवडाले आइफा अवार्डमा सरकारले दिन लागेको रकम र सहुलियतबारे दलसम्बद्ध नेताहरुले मञ्चबाटै प्रश्न गरेका थिए । 

 

कान्तिपुर दैनिकबाट