अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

सरकार बदल्ने विषय उचित होइन ( भिडियोसहित )

सरकार बदल्ने विषय उचित होइन ( भिडियोसहित )


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र संगठन सुदृढीकरणसँगै राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकाको विषय चर्किएको छ । पहिलो चरणको जागरण अभियान सकेर त्यसको समीक्षासहित दोस्रो चरणको तयारीमा रहेका बेला कांग्रेसमा  प्रदेशसहित तल्लो तहसम्मका कमिटी निर्माण, भ्रातृ संगठनको व्यवस्थापन र पार्टी महाधिवेशनको विषयले स्थान पाएको छ । 


यही अषाढ २२ गते सुरु हुने केन्द्रीय समिति बैठक अघि नै तल्लो तहसम्मका कमिटी निर्माण, विभाग विभिन्न समिति, भ्रातृ संगठनको समस्या लगायतका विषय सल्टाउने प्रयास भैरहेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘यी सबै विषय विधानमा व्यवस्था भए बमोजिम टुंग्याउनु पर्छ । विधानमा मतदान गरेर टुंग्याउने व्यवस्था छ । केन्द्रबाट नेताहरुले तोक्ने कल्पना पनि गर्न सकिदैन । यी विषयको टुंगो नलागेसम्म दोस्रो चरणको अभियान सुरु हुन सक्दैन । ’


‘यो सबै कुरा नेतृत्वमा भर पर्छ । थोर बहुत जिम्मेवारी हाम्रो पनि हुन्छ, तर मूल नेतृत्व शेरबहादुर देउवा भएकाले उहाँले निर्वाचनमा पराजय हुनुदेखि पार्टी संरचना चुस्त हुन नसक्नुको जिम्मेवारी लिनुपर्छ ।’ पौडेलले बताए । 

">
फागुनभित्रै महाधिवेशन 


पौडेलका अनुसार दोस्रो चरणको जागरण अभियान र १४औं महाधिवेशनको तयारी साथसाथै गर्न सकिन्छ । विधान बमोजिम आउँदो फागुनभित्र १४औं महाधिवेशन गर्नुपर्छ । विधानमा विशेष परिस्थितिमा एक वर्ष म्याद थप्न सकिने व्यवस्था भएपनि त्यतातर्फ लाग्नु हुँदैन । अहिले मुलुकमा कुनै विशेष परिस्थिति छैन । यसकारण विधानले तोके अनुसार फागुन महिना भित्र नै महाधिवेशन गर्नुपर्छ । 


पौडेल भन्छन्, ‘प्रष्टसंग धाराप्रवाह बोल्न सक्ने मान्छे नै १४औं महाधिवेशने नेतृत्वका रुपमा चयन गर्छ । पार्टीको नीति, विचार, सिद्धान्त प्रष्ट्याउन सक्ने, राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोण पेश गर्न सक्ने, प्रतिस्पर्धी दलहरुलाई चुनौती दिन सक्ने नेतालाई नै हामी सभापतिका रुपमा चयन गर्छौं । यस्तो विशेषता भएका नेता हाम्रो पार्टीमा छन्, उनीहरुले अब मज्जाले नेतृत्वमा उम्मेद्वारी दिन्छन्, कुनै शंका छैन । ’

ओली रहेसम्म लोकतन्त्र खतरामा

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक र लोकतन्त्र दुवै खतरामा परेका छन् । ओलीमा केन्द्रीकृत मानसिकता छ । मुलुकका प्रमुख निकाय आफू मातहत राख्ने, मानवअधिकार, प्रेस, सुरक्षा सबै नियन्त्रण गर्न खोज्ने, ठूलाठूला आयोजना सीधै ठेक्का दिने जस्ता कार्यले उनको नियत सफा देखिदैन । 
ओली प्रधानमन्त्री रहेसम्म लोकतन्त्र क्षयीकरण हुनेक्रम चलिरहन्छ भने मुलुक पनि धराशायी हुँदै जान्छ । 


घनश्याम भुषाललाई कटाक्ष


नेता पौडेलले नेकपाका वैचारिक नेता घनश्याम भुषालले नेपालमा भ्रष्टाचारमा राष्ट्रिय सहमति हुने भनिएको दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । 
पौडेलले भने, ‘भुषाल जीले यसो भनेर आफनो पार्टीका भ्रष्टाचारमा मुछिएका नेतालाई जोगाउन खोज्नु भएको हो । भ्रष्टाचारमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा गलत हो । यसो भनेर उहाँले कांग्रेसलाई पनि मुछ्न खोजेको देखियो । उहाँहरु सत्तामा हुनुहुन्छ , छानबिन गर्नु पर्यो नि ! हाम्रो पार्टीका  नेता संलग्न छन भने छानबिन गरेर नङग्याउन सक्नु पर्यो । होइन भने, राष्ट्रिय सहमति हुन्छ भनेर पन्छिन पाइँदैन । ’

">
प्रचण्डलाई सुझाव


नेकपाले जस्तो किसिमको महत्वाकांक्षी घोषणापत्र जनतासामु लग्यो, जुन किसिमको आश्वासन र प्रतिबद्धता पूरा गर्यो, त्यसै अनुसार जनादेश पाएको हो । त्यो पूरा गर्नुपर्छ । यो बेला पार्टी फुटाउने, सरकार बदल्ने जस्ता कुरा उचित होइनन् । कि हामीले सकेनौ भनेर गल्ती महशूस गर्नुपर्यो । 


यो बेला कांग्रेससंग सहकार्य गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर ललिपप देखाउन पर्दैन । हामी प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेका छौं, उहाँहरुले सरकारमा बसेर आफूले गरेका कबुल पूरा गर्नुहोस । 


ओलीले सीमा नाघे राजनीतिक दुर्घटना


 वर्तमान सरकारले राम्रो गरोस भन्ने चाहना हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीका गतिविधि झन्झन् लोकतन्त्र विरोधी देखिन थालेका छन् । प्रधानमन्त्रीले नसच्चिएर अझै लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिदै निरंकुशता लाद्न खोजे त्यसको राजनीतिक विकल्प खोज्नुपर्ने हुन्छ । 


अहिलेको संवैधानिक व्यवस्थामा टेकेर त्यो विकल्प प्राप्त हुने छैन । त्यो अप्रिय हुनेछ । त्यो विकल्पका लागि नेकपाका साथीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । ओलीको चरित्र हेर्दा उनले संकटकाल लगाउन सक्ने निर्णय पनि गर्न सक्छन् । उनको कुनै भर छैन । 


‘हामी चाहन्छौं, करिब डेढ बर्ष वितिसक्यो, अब साढे तीन वर्ष बाँकी छ, उहाँहरुले राम्रोसंग चलाउनु होस । जनता र राष्ट्रको हितमा काम गर्नुहोस ।’ पौडेलले बताए । 
">

ADVERTISEMENT