खेल

पाकिस्तानको अघि अफगानिस्तान दवावमा, अफ्रिदीलाई २ विकेट

पाकिस्तानको अघि अफगानिस्तान दवावमा, अफ्रिदीलाई २ विकेट

विश्वकप क्रिकेट अन्तर्गत अहिले अफगानिस्तान र पाकिस्तानबीच खेल भैरहेको छ । इङल्याण्डको लीड्समा जारी खेलमा अफगानिस्तान टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । 


प्रारम्भमै आक्रामक ब्याटिङ गरी रन जोड्ने चक्करमा अफगानिस्तानले आफना महत्वपूर्ण २ विकेट गुमाएको छ । पाकिस्तानका सहिन सा अफ्रिदीले दुवै विकेट लिएका हुन् । उनको बलमा कप्तान गुलवादिन नैब र  हसमतुल्लाह साहिदी आउट भए । 


आउट हुुुनुअघि कप्तान नैबले १२ खेल्दै ३ चौकाको मद्दतमा १५ रन बनाए । साहिदी पहिलो बलमै आउट हुन पुगे ।  सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न पाकिस्तानलाई आजको खेल जित्नैपर्ने दवाव छ ।