कभर स्टोरी कला साहित्य

मेरो छवि ‘ड्यामेज’ गर्ने प्रयास भयो (भिडियोसहित)

मेरो छवि ‘ड्यामेज’ गर्ने प्रयास भयो (भिडियोसहित)

गीतसंगीत क्षेत्रमा कपिराइटको विषयले बेला बेला बजार तात्ने गर्छ । कलाकार, सर्जकहरुका पनि आआफ्नै गुनासा छन् । पछिल्लो समय त सरकार पनि कडा रुपमा प्रस्तुत हुँदा संगीतकर्मीहरुले सिर्जना नै सार्वजनिक गर्न नमिल्ने अवस्था उत्पन्न भएको छ । यस्तो बेला नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघ के गरिरहेको छ त ? यस्तै विषयमा संघका सभापति तिर्थ थापासँग हामीले असार १० गते मंगलबार कुराकानी गरेका छौं ।  प्रस्तुत छ, सोही कुराकानीको मुख्यमुख्य अंशः 
 

 

पशुपति शर्माको गीत नै प्रतिबन्ध लाग्यो, ‘गलबन्दी च्यातियो’ बोलको गीतमा सर्जकहरुबीच विवाद उत्पन्न भयो । अस्ता अनेकन विवादहरु छन् । कलाकार, सर्जकहरुको संस्था भनेर चिनिने नेपाल सांस्कृतिक संघलाई यी विषय मतलव नै छैन किन ? 
 

सांस्कृतिककर्मीहरुको विषयमा कुनै पनि पार्टीसँग लिखित धारणा छैन । राज्यसँग पनि छैन । यसकारण हामी राजनीतिक पार्र्टीनिकट छौं । पार्टीमा, संसदमा सांस्कृतिककर्मीहरुले  स्थान पाएका छैनन् । ७७ नै जिल्लामा शाखा गठन गरेका छौं । ६३ सालमा स्थापना भएको यो संघले दुई पटक त अधिवेशन नै गरिसकेको छ । 
 

 

तपाईंहरुले आन्तरिक संगठनको काम त गर्नुभयो । तर राष्ट्रिय मामिलमा खै बोल्नु भएको ? 

हैन, हामीले बोलेका छौं । पशुपति शर्माको गीत प्रतिबन्धमा लाग्दा हामीले विज्ञप्ति निकालेर सर्जकको पक्षमा आफूलाई उभ्यायौं । कार्यक्रम राखेर पनि बोलेका छौं । गुठी विधेयकका विषयमा पनि कुरा बाहिर ल्याएका छौं । अलि बाहिर प्रचार कम भयो होला, तर गरेका छौं । 

 

नेपाल सांस्कृतिक संघ भनेको कांग्रेसी नेताहरुको गोजीको संस्था भयो भन्नेहरु पनि छन् नी ? 
 

हो त्यस्तो पनि भन्नेहरु छन् । हामीलाई अरुले पनि तिमीहरु कहाँ छौं ? भनेर सोध्नेहरु पनि छन् । काठमाडौंमा लेखक, कवि, साहित्यकारहरुको भेला गरेका छौं । सांस्कृतिकर्मीहरुको हक हितका लागि काम गर्न ७७ नै जिल्लाका सभापतिहरुको भेला गरेका थियौं हेटौडामा । सातै प्रदेशमा पनि संगठन निर्माण गर्दै छौं । 

जहाँसम्म कलाकारहरुबीचको विवाद, प्रतिलिपि अधिकारको मामिला आउँछ भने हाम्रो संघको विभिन्न शाखाहरुले त्यस्ता कुराहरुलाई हेर्छ । संघमा गायन, नृत्य, साहित्य हेर्ने विभिन्न १० शाखा छन् । ती मध्ये गायन हेर्ने शाखाका प्रमुख बुद्धिराम खड्कालाई गलबन्दी गीतका सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि पहल गर्न भनिसकेको छु । 
 

 

">

   

तपाईंहरु कांग्रेस कांग्रेस भन्दै दौडिनु हुन्छ । तर कांग्रेस सत्तामा हुँदा राप्रपाका मान्छेलाई अवसर दिन्छ । के अर्थ भयो र ? 
 

हो यस्तो त छ । कसैले गल्ती गर्यो भन्दैमा हामीले पार्टीविपरीत धारणा राख्नु हुँदैन । चलचित्र विकास बोर्डमा राप्रपा नेताकी छोरीलाई अध्यक्ष बनाइयो । विभिन्न एकाडेमीमा पनि बाहिरका मान्छेले अवसर पाउँछन् । यस्तो अवस्था त छ । 

 

तपाईंले स्थापनाको छोटो समयमा दुई पटक महाधिवेशन भयो भन्नु भयो । तर सांस्कृतिक संघका पदाधिकारीलाई त नेताले टीका लगाइ दिएर पद दिन्छन् भन्ने चर्चा छ नी ? 
 

हामीले कर्म गर्ने हो । हाम्रा साथीहरुले लोकतान्त्रिक विधि र प्रक्रियाबाटै नेतृत्व चयन गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्छ । तर सहमति पनि लोकतान्त्रिक पद्धति नै हो । सहमतिकै आधारमा अहिले पाँच जनाको कमिटी गठन भएको छ । 

 

नोमिनेसन भएर एक जनामात्रै पनि प्रतिस्पर्धामा उत्रियो भने त्यहाँ चुनाव नै हुनुपर्छ । तपाईंहरुकोमा त उम्मेदवार ज्यूँका त्यूँ छन्, नेताहरुले टीका लगाइदिनु भयो नी त ? 
 

मैले बु्झेसम्म पार्टीगत कुरा के हुँदो रहेछ भने, एकता छ भन्ने सन्देश दिन पनि यसखाले अभ्यास हुँदो रहेछ । यो फेरि पार्टीको जीवनसँग जोडिएको संस्था भएकोले कतिपय कानुनी कुराहरु नमिल्न सक्छन् । सबै साथीहरु संगठनकै छन् । अलिकति विवाद हुन सक्छ । हामी टीका नै लगाएर आए पनि हामीले राम्रो गरिरहेका छौं । सबै पक्षलाई समातेर अगाडि बढ्नु पर्छ । 

 

वर्तमान सरकार कलाकार, सर्जकप्रति कत्तिको उदार छ ? 
 

कलाकार, सर्जक सन्देश बाहक हुन् । नेपाल सरकारले अहिले सांस्कृतिक क्षेत्रमा प्रहार गरेको छ । हामीले बारम्बार यस्ता कुरामा आवाज उठाएका छौं । प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र बुझाएका छौं । 

 

कलाकार दलको, पत्रकार दलको, शिक्षक दलको हुने यस्तो परिपाटी राम्रो हो ? 
 

आस्था अभिव्यक्त गर्न पाइन्छ । आस्थाअनुसारको संगठनमा संगठित हुन पाउनु पर्छ । नेपालमा सांस्कृतिक क्षेत्रका मानिसहरुले राजनीतिमा प्रवेश पाएका छैनन् । विभिन्न जातजातिका लागि आरक्षणको व्यवस्था गरेका छ । तर सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व कहिले पनि भएन । कांग्रेस पार्टी भित्र पनि सांस्कृतिक संघको प्रतिनिधित्व छैन । हाम्रो माग पनि हो । 

 

तपाईंले आफ्नै सघकै सदस्यबाट पैसा लिएको, नतिरेको भन्ने विषय आएको छ । यो मामिला प्रहरीमा पनि पुगेको भन्ने छ । कुरा के हो ? 
 

सांस्कृतिक संघ स्थापना भएदेखि विभिन्न समस्या आए । हामीले समाधान गरेका छौं । संस्थाकै लागि पैसा लिएको हो । व्यक्तिगत रुपमा लिएको होइन । खासमा दुई लाख लिएको हो । मैले ४ लाख ७५ हजार तिरिसकेको छु । संस्थाको  बदनाम गराउन गरिएको नियोजित षडयन्त्र हो । किताब निकाल्न ४ लाख लिइएको भन्ने कुरा सत्य होइन । संघ चलाउन हामी सबैले खर्च गरेका छौं । जसले पैसा दिनु भयो, उहाँ सहमहामन्त्री भइसक्नु भएको मान्छे हो । कारोबार अहिले केही पनि छैन । उहाँलाई गलत सल्लाह दिने मान्छे पनि होलान् । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।