खेल

कोपा अमेरिकाः पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

कोपा अमेरिकाः पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

काठमाडौं । पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टीमा ४–३ ले पराजित गरेको हो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।

 

निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न सकेनन् । ५८औं मिनेटमा पाराग्वे १० खेलाडीमा झर्‍यो । सुटआउटमा पाराग्वेका दुई खेलाडीले पेनाल्टी मिस गर्दा ब्राजिलका चार जना खेलाडीको प्रहार गोलमा परिणत भयो । ब्राजिलका विलियन, माक्र्युनोस, फिलिप कउटिन्हो र ग्याब्रियल जेससले गोल गर्दा रोबर्टो फिरमिनोको प्रहार खेर गयो । 

ब्राजिल कोपा अमेरिका ब्राजिल भर्सेस पाराग्वे