मनोरञ्जन

अब नम्रता एक्सन अभिनेत्री

अब नम्रता एक्सन अभिनेत्री

काठमाडौं । नायिका नम्रता श्रेष्ठ फिल्म खेल्नमा चुजी छिन् । अन्य अभिनेत्रीले वर्षमा तीन–चार फिल्म खेल्दा उनी ढुक्कले एउटामा मात्र काम गर्छिन् । उनलाई नेपाली फिल्म उद्योगको चल्तापुर्जा नायिका नै मानिन्छ ।  यो वर्ष उनको ‘जाइरा’ फिल्म आउँदै छ ।

 

फिल्मका लागि उनले खुब मिहिनेत गरेकी छिन् । निर्माण पक्षले पनि नम्रताका कारण फिल्म चल्ने आशा गरेको छ । तर, नम्रता फिल्मबारे मिडियासँग खुलेर कुरा गर्न मानिरहेकी छैनन् । भलै, गीत सार्वजनिक कार्यक्रममा उनले केही गोप्य  कुरा खोलिन् । 

 

उनका अनुसार ‘जाइरा’ एक्सन फिल्म हो । नम्रताले जाइराको गीत सार्वजनिक कार्यक्रममा आफूले एक्सन फिल्म गर्ने कहिल्यै नसोचेको बताइन् । उनले भनेकी छिन्, ‘यस्तो फिल्म खेलुँला भनेर कहिल्यै सोचेकी थिइनँ । फेरि इम्याजिन र रियालिटी फरक कुरा रहेछ ।’ फिल्म सुटिङका क्रममा आफूले भरपुर मनोरञ्जन लिएको पनि नम्रताले बताएकी छिन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नम्रता श्रेष्ठ नेपाली फिल्म उद्योग