प्रदेश ४

नेकपा र कांग्रेस जनप्रतिनिधिबीच विवादपछि पोखरा महानगरमा तालाबन्दी

नेकपा र कांग्रेस जनप्रतिनिधिबीच विवादपछि पोखरा महानगरमा तालाबन्दी


कास्की । भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा नगरसभाबाट पारित बजेटलाई लिएर विवाद भएपछि कांग्रेसका निर्वाचित जनप्रतिनिधिले आज पोखरा महानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन् । वडामा बजेट वितरण गर्दा विभेद गरेको भन्दै कांग्रेस जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।

 

नेकपाबाट निर्वाचित वडाहरुमा र कांग्रेसबाट निर्वाचित वडाहरुमा बजेटमा विभेद गरिएको जनप्रतिनिधिको आरोप छ । यसअघि बुधबार कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षहरुले सभागृहका टेबुल, कुर्सी, तोडफोड गर्नुका साथै नगरप्रमुख सामुन्ने रेडबुकसमेत च्यातेका थिए । महानगरमा ३३ वडा छन् जसमा २२ वडामा नेकपाबाट प्रतिनिधि निर्वाचित भएका छन् ।