विदेश

माडागास्करमा स्वतन्त्रता दिवस मनाउन भेला भएकाबीच भागदौड, १६ जना मारिए

माडागास्करमा स्वतन्त्रता दिवस मनाउन भेला भएकाबीच भागदौड, १६ जना मारिए


काठमाडौँ । अफ्रिकी मुलुक माडागास्करमा स्वतन्त्रता दिवस मनाउन एक रंगशालामा भेला भएकाहरुबीच भागदौड मच्चिँदा १६ जना मारिएका छन् । घटनामा अन्य दर्जनौँ घाइते भएका छन् ।

 

स्वतन्त्रता दिवसको अवसरमा स्थानीय महामसिना रंगशालामा भेला भएकाहरुले सैनिक परेडपश्चाद बाहिर निस्कन खोज्दा भीड अनियन्त्रित भएको थियो । को पहिले निस्कने भन्ने भएपछि प्रहरीले रंगशालाको ढोका बन्द गरेको थियो । त्यसपछि भिड अनियन्त्रित भई १६ जना मारिएका हुन ।

 

माडागास्करका राष्ट्रपति एन्ड्री रोजेलिनाले घटनामा घाइतेहरुको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचार खर्च राज्यले बेहोर्ने बताएका छन् । 


घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।