विदेश

स्वतन्त्रता दिवस मनाइरँदा भिडले किचेर १५ को मृत्यु, दर्जनौँ घाइते

स्वतन्त्रता दिवस मनाइरँदा भिडले किचेर १५ को मृत्यु, दर्जनौँ घाइते

माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजना भएको एक विशेष कार्यक्रममा भागदौड हुँदा किचिएर १५ जनाको मृत्यु भएको छ। राजधानी एन्टानान्नरिभोस्थित रंगशालामा भएको सो घटनामा अन्य दर्जनौँ मानिसहरू घाइते भएका छन्।

यो घटना कसरी भयो भन्ने बारेमा स्पष्ट विवरण आइनसकेको बिबिसीले जनाएको छ। यद्यपि परेडपछि मानिसहरू कार्यक्रम आयोजित रंगशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएकोपछि उक्त घटना घटेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

समाचार संस्था एएफपीका अनुसार परेडपछि सुरक्षाकर्मीले दर्शकहरूलाई बाहिर जानका लागि ढोका खोलिदएको थियो। तर प्रत्यक्षदर्शीहरूले भने केही ढोका तत्कालै बन्द गरेर प्रहरीले भिडलाई रोक्न खोज्दा मानिसहरू किचिएको बताए।

राष्ट्रपति आन्ज रड्जूएलले अस्पतालमा घाइतेहरूलाई भेटेर उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन्।

गत सेप्टेम्बरमा फुटबल खेल हुँदा पनि भिडले किचेर त्यही रंगशालामा १ व्यक्तिको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए।

स्वतन्त्रता दिवस