प्रदेश ७

घुस माग्ने कार्यालय प्रमुखलाई सेवाग्राहीले दले कालोमोसो

घुस माग्ने कार्यालय प्रमुखलाई सेवाग्राहीले दले कालोमोसो


कञ्चनपुर । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तवलाई सेवाग्राहीले कालोमोसो दलेर अख्तियारको जिम्मा लगाएका छन् ।

 

जलस्रोत तथा सिँचाई विकास डिभिजनल कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तवसँगै इन्जिनियर ग्रीष्मा ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर–फारक गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।


सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले कार्यालय प्रमुख इन्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नालाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

कार्यालय प्रमुखले नै घुस मागेपछि आक्रोशित सेवाग्राहीले उनलाई कालोमोसो दलिदिएका थिए ।  
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।