समाचार मनोरञ्जन

आइफा अवार्ड नेपालमा हुने 

आइफा अवार्ड नेपालमा हुने 


काठमाडौँ । सरकारले इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा गर्ने निर्णय गरेको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने भएको हो। विहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिनुभयो ।

 

अवार्ड वितरणका कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिने गरी निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ –‘ काठमाडौँ महानगरपालिका सह आयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड आयोजना गर्न स्वीकृति दिइएको छ ।’ 

अवार्ड वितरण कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ भने उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य पनि रहनेछ।

अवार्डमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहनेछन् भने ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।