विदेश

इराकमा बम आक्रमण, ४ प्रहरीको मृत्यु

इराकमा बम आक्रमण, ४ प्रहरीको मृत्यु


काठमाडौँ । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी चार इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । 


प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी सङघीय प्रहरीको मृत्यु भएको हो ।