विदेश

अमेरीकी माेह : मन छुने एक भाइरल तस्वीर

अमेरीकी माेह : मन छुने एक भाइरल तस्वीर


एजेन्सी । सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्वीरले संसारभर तरंग सिर्जना गरेको थियो । अहिले फेरि एकपटक अमेरीका प्रवेश गर्न खोज्दा ज्यान गुमाउनुपरेको एक तस्वीरले अहिले संसारको ध्यान खिचेको छ । यो तस्वीरमा बाबुछोरी नदी किनारमा डुबेको देखिएको छ ।

 

अमेरीका प्रवेश गर्न खोजेका एल साल्भाडोरका बाबुछोरीको मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा शव भेटिएको छ । यो तस्वीर पत्रकार जुलियाले खिचेकी थिइन् । तस्बिरमा २३ महिनाकी छोरी बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा अझै आफ्नो पिताको ढाडमै छिन् । उनले एउटा हातले बाबुको घाँटीमा समातेकी छिन् ।


तस्विरले आप्रवासीको अमेरिका यात्रा कति दर्दनाक छ भन्ने देखाएको छ । 

 

यसरी हुँदैथियो अमेरीका सम्मको यात्रा
समाचारमा लेखिएअनुसार साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो । र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए ।

तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।

 

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमती पत्नी तानिया वैनेसा ओवलोसलाई प्रतिक्षा गरे । पत्नी नआएपछि उनी लिन भनेर हिडेका बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले ।

 

छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो ।

यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् । 

विश्वकै ध्यानाकर्षण गर्ने दुःखद घटनाले एस साल्भाडोरले समेत ठूलो चर्चा पाएको छ ।
 विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन् ।

अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन ।