विदेश

नेपाली सहित ७ जना मार्नेलाई सात आजीवन काराबासको सजाय 

नेपाली सहित ७ जना मार्नेलाई सात आजीवन काराबासको सजाय 


काठमाडौँ । अस्मिता खड्का बिष्ट नाम कि एकजना नेपाली महिलासहित ५ विदेशी र दुई बालबालिकाको हत्यामा दोषी ठहर भएका साइप्रसका एक सैन्य अधिकृतलाई सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ । सैन्य अधिकृत निकोस मेटाक्सास पाँच विदेशी महिला र दुई बालबालिकाको हत्यामा दोषी ठहर भएका हुन् । 

 

अदालतमा मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । उनले सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म ति हत्या गरेका थिए ।  उनले हत्या गरेकामध्ये तीन फिलिपिन्स, एक रोमानिया र एक नेपाली र उनीहरुका दुई जना बच्चा थिए ।