अर्थ

सुनको मुल्यमा फेरि कीर्तिमान, ताेलाकाे ६५ हजार ५ सय पुग्यो

सुनको मुल्यमा फेरि कीर्तिमान, ताेलाकाे ६५ हजार ५ सय पुग्यो


काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको भाउ बढेर तोलाको ६५ हजार पाँच सय रुपैयाँमा कारोवार भएको हो । जुन आजसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ ।

 

हिजो प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन आज १४ सय ३५ डलर पुगेको हो । पछिल्लो एक महिनामा प्रति तोला सुनको मुल्य पाँच हजार पाँच सयले बढेको छ ।

 

अमेरिका–इरानबीचको बढ्दो तनाव, अन्तर्राष्ट्रिय व्यापार युद्ध र पछिल्लो अमेरिकी वित्तीय नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउपछि त्यसको असर नेपाली सुन बजारमा देखिएको हो । डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले सुनको भाउ महंगो भएको बताइएको छ ।