समाचार

शान्ति प्रक्रियामा आउँदा विप्लवले के भनेका थिए प्रचण्डलाई 

शान्ति प्रक्रियामा आउँदा विप्लवले के भनेका थिए प्रचण्डलाई 


चितवन । देश विप्लव पार्टीले गरेको बन्दको चपेटामा छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने विप्लवले भनेको नयाँ कुराको खुलाशा गर्नुभएको छ । चितवनको भरतपुरमा भरतपुर महानगरको चौथो नगरसभा उद्घाटनमा प्रचण्डले विप्लवले भनेको कुराको स्मरण गर्दै भन्नुभयो –‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनु भयो तर मलाई चाँही अनुभुति के भयो भने नुवाकोटको एउटा भर्खरकी एउटी तामाङनी केटीलाई काठमाडौं लगरे म बिहे गर्छु भनेर बम्बई पु-याए जस्तो फिल भयो भने ।’

 

यो कुराले आफ्नो दिमाग हल्लिएको भन्दै उहाँले भन्नुभयो –‘अब सायद उहाँले बुझनु भएको होला मैले बम्बइ होइन काठमाडौं नै ल्याएको छु सबैलाई । मैले कसैलाई बम्बई लगेको छैन भनेर बुझ्नलाई उहाँले केही केही गर्नु भएको हो, अब धेरै गर्नु हुन्न भन्ने लागेको छ मलाई ।’ 


आफूले पाएको संकेत अनुसार विप्लवले बम्बई नभई काठमाडौं नै ल्याएको भनेर विप्लवले बुझ्न थालेको बताउनुभयो । छिट्टै समस्याको शान्तिपूर्ण समाधान हुने उहाँको भनाइ छ ।